झापा,१३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १, उदयपुरका २, ओखलढुङगाका १, झापाका ९, तेह्रथुमका २, भोजपुरका १ र मोरङका १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै सुनसरीका ३२, धनुषाका १०, पर्साका २३, बाराका ४, महोत्तरीका २, सप्तरीका ५, सर्लाहीका ६, सिरहाका ८ जना रहेका छन् भने काठमाडौँका ७४७, काभ्रेका १३, चितवनका ६२, धादिङका ४, नुवाकोटका ४, भक्तपुरका ७३, मकवानपुरका ६, रामेछापका १, ललितपुरका ११४, सिन्धुपाल्चोकका १, सिन्धुलीका ३, कास्कीका १६, गोरखाका २ जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी नवलपरासीपूर्वका १५, स्याङ्जाका २, कपिलवस्तुका १८, गुल्मीका २, दाङका ११, नवलपरासीका ५, पाल्पाका ६, बर्दियाका १९, बाँकेका ४१, रुपन्देहीका ९५, रोल्पाका १, रुकुमपश्चिमका १, कञ्चनपुरका ८, कैलालीका २७, डढेलधुराका १, डोटीका १, तथा बैतडीका ७ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७ सय ९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ।
पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ रहेको छ भने ५ हजार ७ सय ७८ जना क्वारेन्टिनमा छन्।

