adv

सुनको भाउ बढ्यो

काठमाण्डौ । नेपाली बजारमा  सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा २ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको एक हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु