adv

नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८१४ पुग्याे

काठमाडौं, २० असोज  । नेपालमा कोरोना भाइरसका एक हजार ५५१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा थप एक हजार ५५१ जना सङ्क्रमितसहित ९० हजार ८१४ पुग्याे एक हजार ५५१ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।
थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ९० हजार ८१४ पुगेको छ । हाल २२ हजार ७०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ३४०  जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६७ हजार ५४२  सङ्क्रमित निको भएर घर फर्केका छन् ।

यस्तै, पछिल्लो चौबीस घण्टामा नाैजनाकाे मृत्यु भएकाे छ । काेराेना भाइरसकाे कारणले मृत्यु हुनेकाे संख्या ५६३ पुगेकाे छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु