adv

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा ग्लोबल भक्ति संगीत उत्सव २०७७ हुने

झापा । नेपाल मानव धर्म सेवा समितिले पर्सि शुक्रबार ग्लोबल भक्ति संगीत उत्सव २०७७ को आयोजना गर्ने भएको छ ।

आज बुधबार भर्चुअल पत्रकार सम्मेलन गरी कोरोना भाइरसको महामारीको असहज परिस्थितिको चपेटामा परेका मनलाई सांगीतिक राहत प्रदान गर्ने तथा नेपाली गीत संगीतलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्ने भएको हो ।

जुम  मार्फत हुने उक्त भक्ति संगीत उत्सवमा नेपालसहित १७ वटा देशका कलाकारको प्रस्तुति रहनेछ। सो दिन नेपालसहित, भुटान, बेलायत, क्यानडा, दुवई, भारत, अमेरिका, मोरिसस, केन्या, अष्टे«लियालगायतका देशका कलाकारले प्रस्तुति दिनेछन्। कार्यक्रममा भक्ति संगीतका साथै सांस्कृतिक नृत्यहरु पनि समावेश गरिनेछ।

कार्यक्रमले मानव मनलाई आनन्द र शान्ति प्रदान गर्नुका साथै नेपाली लोक बाजा र संस्कृतिको प्रवर्द्घन, परम्परागत गायनको प्रचारप्रसार र नेपाली गीत संगीतप्रति युवापुस्तालाई आकर्षित गर्न सहयोग पुग्ने समितिका केन्द्र प्रमुख महात्मा चमेली बाइजीले बताइन् ।

साँझ ५ बजेबाट सुरु हुने उत्सवमा आनी छोइङ डोल्मा, वरिष्ठ गिटारवादक अनिल शाही, श्याम नेपाली, सीतामैया एण्ड संगम श्रुति ब्याण्ड, मेट्रोनोम ब्याण्ड लगायतले प्रस्तुति दिनेछन्।

यस्तै नेपालका परम्परागत खैजडी, तामाङ सेलो, कौडा लगायतका मौलिक सांस्कृतिक प्रस्तुती पनि कार्यक्रमका आकर्षण रहनेछन्। २९ वटा प्रस्तुति रहने कार्यक्रममा जुममार्फत संसारभरिबाट सहभागी हुन सकिने समितिले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु