adv
adv

जसपा निकट युवाको मोटरसाइकल र्याली विवादित

दमक, २१ असोज । पूर्व सङ्घीय समाजवादी फोरम निकट समाजवादी युवा फोरम झापा र नयाँ शक्तिनिकट युवा शक्ति नेपाल झापाले असोज २२ गते हुने भनिएको झापा जिल्लाव्यापी मोटरसाइकल र्यालीमा आफूहरुको संलग्नता नरहने जनाएको छ ।

जसपा निकट युवा संगठनमा उत्पन्न विवादसँगै केपी ओली सरकारको भ्रष्ट गतिविधि विरुद्ध जिल्लामा आह्वान गरिएको मोटरसाइकल र्याली विवादित बनेको हो ।

बुधबार दमकमा समाजवादी युवा फोरम झापा र युवा शक्ति नेपाल झापाले संयुक्ति पत्रकार सम्मेलन नै गरेर युवा संगठनका नाउँमा कुनै गतिविधि नगर्न भनेको हो ।

झापा जिल्लामा युवा संगठनको समायोजन नभएको जिकिर गर्दै दुई संगठनले जारी गरेको प्रेस विग्यप्तिमा भनिएको छ । पार्टी मातहतका आधिकारिक युवा संगठनहरुको विधिवत समायोजन कार्य सम्पन्न नभएको अवस्थामा हाल जनता समाजवादी पार्टी निकट युवा संगठनको नाममा गलत र असांगठानिक गतिविधि भैरहेको सन्दर्भमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

समाजवादी युवा संघ प्रदेश १ समितिको नाममा आफूहरु विरुद्ध अराजनीतिक र असांगठानिक विग्यप्तिवाजीमा सत्यता नरहेको समाजवादी युवा फोरम झापा अध्यक्ष खेम दाहाल र युवा शक्ति नेपाल झापाका उपाध्यक्ष प्रज्वल भण्डारीबाट जारी संयुक्त विग्यप्तिमा उल्लेख छ ।

विग्यप्तिमा जनता समाजवादी पार्टी निकट युवा संगठनका गतिविधि गर्नु अघि पूर्व ससफो र नयाँ शक्ति निकट युवा संगठनहरुबीच विधिवत र समायोजन निर्देशिका बमोजिम संगठन समायोजन प्रकृया सम्पन्न गर्न समाजवादी युवा संघ प्रदेश समिति, केन्द्रीय समिति र पार्टी निकट समितिहरुलाई आह्वान गरिएको छ ।

जनता समाजवादी पार्टी निकट युवा संगठनले झापामा गर्ने भनेको विरोध र्याली विवादित बनेको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु