झापा । झापामा बिहीबार भद्नपुर नगरपालिका र मेचीनगर नगरपालिकाका १०/१० जनासहित २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
भद्रपुर नगरपालिकामा १ जना सुरक्षाकर्मी, ५ जना थुनुवा र बाँकी स्थानीयबासीमा संक्रमण पुष्टि भएको हो।
मेचीनगर नगरपालिकाका १ जना पत्रकारसहित १० जनामा कोरोना संक्रमण देखिएको हो।
विर्तामोड नगरपालिकाका १ जना स्वास्थ्यकर्मीसहित ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
बाह्रदशी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ।
योसंगै झापामा कुल संक्रमितको संख्या १००३ पुगेको छ । जसमा ८४८ जना निको भएका छन् ।सक्रिय संक्रमितको संख्या १४४ रहेको छ । ११ जनाको मृत्यु भइसकेको छ ।

