झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १२, उदयपुरका ३२, ओखलढुंगाका ४, खोटाङका ४, झापाका ५५, ताप्लेजुङका ६, तेह्रथुमका ३, धनकुटाका ३, पाँचथरका २, भोजपुरका ४, मोरङका २४९, संखुवासभाका ३, सुनसरीका २१४, सोलुखुम्बका २ जनामा कोरोना संक्रमण भएको छ।
यस्तै धनुषाका २८, पर्साका ११, बाराका १४, महोत्तरीका ७, रौतहटका १८, सप्तरीका २५, सर्लाहीका १४, सिरहाका ४८, काठमाडौँका २०८५, काभ्रेका २९, चितवनका ६९, दोलखाका १, धादिङका ७१, नुवाकोटका ३, भक्तपुरका १३५, मकवानपुरका १०५, रामेछापका ५, ललितपुरका ३२०, सिन्धुपाल्चोकका १३ र सिन्धुलीका ३ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै कास्कीका १९, गोरखाका ११, तनहुँका १०, नवलपरासीपूर्वका २८, पर्वतका १, लमजुङका ३, बागलुङका १२, स्याङ्जाका १३, अर्घाखाँचीका २७, कपिलवस्तुका ७, गुल्मीका १८, दाङका ५५, नवलपरासीका २१, पाल्पाका २१, प्यूठानका १, बर्दियाका १०, बाँकेका ५७, रुपन्देहीका १९९, रोल्पाका १, कालिकोटका ६, जुम्लाका ६, डोल्पाका ३, दैलेखका ४, रुकुमपश्चिमका ५, सल्यानका ४, सुर्खेतका १०६, हुम्लाका ३, अछामका १०, कञ्चनपुरका २१, कैलालीका ७५, डडेल्धुराका १, डोटीका ७, बझाङका १ तथा बैतडीका १ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार बिहिबार २ हजार ६ सय ७५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ।

