
उर्लाबारी २२ असाेज, विजय धिमाल
माेरङकाे उर्लाबारी ३ स्थिति पहिचान सहित संघियता कार्यन्वयनकाे कामना वैज्ञानिक प्राविधिक गुणस्तरीय मातृभाषा सहितको शिक्षा हाम्रो चाहना भन्ने मुल नारा सहित धिमाल विध्यार्थी मन्च केन्द्रीय कार्यसमितिकाे चाैथाे राष्ट्रिय अधिवेशनबाट तेज ब. धिमाल अध्यक्षतामा २१ केन्द्रीय कार्य समिति चयन भएको छ ।
धिमाल जातीय विकास केन्द्रकाे परियाेजना स्थलकाे केन्द्रीय सभाहलमा सम्पन्न भएकाे थियोे । केन्द्रीय कार्यसमितिमा उपाध्यक्ष दिपेन धिमाल /अन्जु धिमाल महासचिव सृजना धिमाल सचिब विबेक धिमाल काेषाध्यक्ष सरल धिमाल र सदस्यहरुमा सुनिल, बिकास, बिजय, गाैरी, प्रकृति, देबिका, अस्मिता, सुनिता, मनिषा, वर्षा, ज्याेति, रबिना, निसान, गाैरव र बिनिता सर्वसम्मत चयन भएका थिए । कार्यक्रममा माेरङ, झापा, सुनसरी र काठमाडौमा अस्थायी तथा स्थायी रुपमा बसी अध्ययन गरिरहेका बिध्यार्थीहरुकाे भव्य उपस्थिति रहेकाे थियाे । कार्यक्रममा सहभागी अतिथि वक्ताहरुले धिमाल विध्यार्थीहरु जाेडताेडका साथ अघि बढ्नुपर्ने, देशभर रहेका धिमाल विध्यार्थीहरुकाे समस्या पहिचानगरी शिक्षा क्षेत्रमा अघिबढ्नुपर्ने, सरकारले दिएको अधिकारलाई मध्यनजरगरी बढ्ने र बढाउने, शिक्षा हाँसिल संगै जाति भित्रका पृष्ठभूमि र समस्यामा समेत जागरुक र सहयाेगी हुनुपर्ने भनाइ रहेकाे थियाे ।
कार्यक्रमकाे प्रमुख अतिथि धिमाल जातीय विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल, बिशिस्ट अतिथि धिमाल जातीय विकास केन्द्रका उपाध्यक्ष नम्बरलाल धिमाल, अतिथिमा केन्द्रीय महासचिव केदार धिमाल, किँरात राई बिध्यार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राई लगायत रहेका थिए भने धिमाल विध्यार्थी मंचका अध्यक्ष तिलक धिमालकाे सभापतित्वमा कार्यक्रम समापन भएकाे थियाे । कार्यक्रम भने धिमाल बिध्यार्थी मंन्चका उपाध्यक्ष अष्ठनारायण धिमालले संचालन गरेका थिए ।

