झिलझिले, ५ कार्तिक । एन आई सी एसिया बैंकले ल्याएको सुपर चमत्कारी बचत खाता योजनाबाट झापा शिवसताक्षीकी एक महिला लाभान्वित भएकी छन् ।
एनआईसी एसियाले आफ्ना ग्राहकका लागि ल्याएको सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत सिवसताक्षी ९ की शोभा बजगाइँले औषधी उपचार बापतको बीमा रकम प्राप्त गरेकी हुन् । बैंकको तर्फबाट उनलाई बुधबार उपचार वापतको ५७ हजार बढीको चेक हस्तान्तरण गरिएको हो ।
बैंकको झिलझिले शाखामा सुपर चमत्कारिक बचत ‘डायमण्ड श्रेणी’ खाता खोलेकी उनको खुट्टाको अप्रेसन गरेबापतको खर्च बैंकले भुक्तान गरेको एनआईसी एसिया झिलझिले शाखाका भुपेन्द्र काफ्लेले जानकारी दिए ।
बजगाइँलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा रकम बैंकले भुक्तानी गरेको काफ्लेको भनाइ छ । बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गर्दै आएको काफ्लेले बताए ।
यस योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख (अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार) उपलव्ध गराउने बताइएको छ ।
बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका २ सय ४६ जना भन्दा बढी ग्राहकले बीमा वापत १ करोड ९४ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

