adv

नेपालमा हालसम्मकै उच्च संख्या ५ हजार ७४३ जनामा कोरोना सङ्क्रमण पुष्टि

झापा । नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या १ लाख ४४ हजार ८७२ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार ५ हजार ७४३ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

पछिल्लाे २४ घण्टामा २० हजार एक सय १८ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा २ हजार ९९६ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ९९ हजार ६०५ पुगेको छ ।

एकैदिन सङ्क्रमण पुष्टि हुनेकाे याे सङ्ख्या अहिलेसम्मकै धेरै हाे ।

अब नेपालमा ४४ हजार ४७६ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ४ हजार ६५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु