adv

कक्षा १२ को परिक्षा आउँदो मंसिर ९ गतेदेखि हुने

काठमाडौँ । कक्षा १२ को परिक्षा आउँदो मंसिर ९ गतेदेखि हुने भएको छ।

गत वैशाख ८ गतेदेखि हुने गरी तय भएको परिक्षा कोरोना महामारीका कारण आठ महिनापछि हुन लागेको हो।

राष्ट्रिय परिक्षा बोर्डका अनुसार साधारण, संगीत, ललितकला र संस्कृत विषय र प्राविधिकतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परिक्षा पनि सञ्चालन हुनेछन्।

परिक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी गराउनुपर्ने छ।

आफूलाई पायक पर्ने ठाउँमा मात्र परिक्षा दिन पाउनेछन् भने पूर्णाक ४० अंक मात्र निर्धारण गरिएको छ।

४० अंक र विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ।

परिक्षा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु