adv

दमकमा थप १ जना काेराेना संक्रमितकाे मृृृत्युु, मृतक संंख्या ९ पुग्याे

दमक/  झापाको दमकमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दमक ७ का अन्दाजी ५२ बर्षिय पुरुषको आज मृत्यु भएको हो । दमक नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालका अनुसार ति पुरुषमा ६ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी होम आइसोलेसनमै उपचाररत थिए । आज बिहान उनको स्वास्थ्य अवस्था जटिल भएपछि दमक अस्पताल लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका हुन । यस अघि दमक १० का ६८ बर्षिय धिमाल समुदायका एक पुरुषको मृत्यु भएको थियो । यससंगै दमकमा कोरोना संक्रमित मृतकको संख्या ९ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु