adv

सञ्चारकर्मी आङथुपोकाे अञ्जुलीमा सार्वजनिक- भिडियाे सहित

दमक । सञ्चारकर्मी समेत रहेका सर्जक चेतन आङथुपोले म्यूजिक भिडीयो ल्याएका छन् । गायक हेमराज भट्टराई, संगीतकार मनोज साङसोन राईको संगीत र कवि तथा गजलकार राजकुमार सुब्बा अनिश्चितको शब्दमा रहेको गीत  “अन्जुलीमा राखे माया पोखिन्छ है, दिलमा राख भुइँमा झरे पाउले फेरि टेकिन्छ है, दिलमा राख”  बोलको गीतको म्युजिक भिडियो वजारमा ल्याएका हुन् ।
चुलाचुली मिडियाको अफिसियल युटुव च्यानलमार्फत एक कार्यक्रमका बीच भिडीयोको सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नातीले बाजेको अतिततिर लैजान्छ । नातीले बाजेलाई तपाईको उमेरमा तपाई कस्तो हुनुहुन्थ्यो ? बोजुसंग कस्तो प्रेम थियो ? भन्ने जिज्ञासालाई कलाकार बनेका राज फागोले कल्पनामा अभिनय मार्फत उतारेका छन् ।
सो भिडियोमा समाजमा रहेको जातिय विभेद र अन्तरजातिय प्रेमका दृश्य हरुलाई भिडियो मार्फत देखाउन खोजिएको छ । उक्त म्युजिक भिडियोमा कलाकारहरु “सेवारो बाजे” बेव श्रृङखलामा बाजेको चरित्रमा अभिनय गर्दै आएका राज फागो र रमिता राईको मुख्य भुमिका रहेको भिडियोको छायाँङकन भने सञ्जय विश्वकर्माले गरेका हुन् ।
नवराज घिमिरे निर्माता रहेको म्युजिक भिडियोको परिकल्पना तथा पटकथा, निर्देशक आङथुपोले तयार पारेका हुन भने, निर्देशन पनि आङथुपोले नै गरेका छन् ।
चुलाचुली मिडियाको प्रस्तुती रहेको म्युजिक भिडियोमा मेकअप तारा योङहाङ, लाइटमा शिखर लाम्गादे, मनकुमार योङहाङ रहेको भिडियो चुलाचुली गाउँपालिकाको आसपासमा छायाँङकन गरिएको छ ।  https://youtu.be/t3Vy1i-HBZ4

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु