विर्तामाेड । झापामा थप १६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार पछिल्लाे २४ घण्टामा झापामा ३ महिला र १३ पुरुष गरि १६ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य कार्यालयका अनुसार थपिएका १७ मध्ये १ जना कैदी पनि छन् । सबैभन्दा धेरै विर्तामाेड नगरपालिकामा ९ जना संक्रमित थपिएका छन् भने अर्जनधारा, शिवसताक्षी र बाह्रदशीमा एक एकजना थपिएका छन् ।
यस्तै भद्रपुरमा २ र मेचीनगरमा पनि २ जनामा संक्रमण देखिएकाे छ।
याे संगै झापामा कूल संक्रमितकाे संख्या १७३० भएकाे छ ।तर याे मध्ये १ हजार ९० जना काेराेना मुक्त भइसकेका छन् ।

