adv

कोरोनाबाट झापामा अर्जुनधाराको थप १ जनाको मृत्यु

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्जुनधारा ६ का ७८ वर्षिय इश्वरीप्रसाद ओलीको मृत्यु भएको हो।

गएराति १२ बजेतिर ती बृद्धको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई कात्तिक २९ गते सोही अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसंगै अर्जुनधारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ५ र झापामा ८२ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु