काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ७६ हजार ३ सय ६४ पुगेको छ।

