adv
adv

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुनः आइसोलेसनमा

काठमाडौं,१ मंसिर । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुनः ‘सेल्फ आइसोलेसन’मा बसेका छन् । संसदका एक जना सदस्यलाई कोरोना पुष्टि भएको र ती व्यक्तिसँग उनी सम्पर्कमा रहेकाले उनी सेल्फ आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको हो ।

राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले प्रधानमन्त्री जोनसनसँग सम्पर्कमा रहेका सांसद कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएकाले सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।

प्रधानमन्त्री जोनसनलाई सेल्फ आइसोलेसनको नियमहरु पूर्णरुपमा पालना गर्न पनि आग्रह गरिएको अधिकारीहरुले जनाएका छन् । उनी सेल्फ आइसोलेसनमा भए पनि सरकारको नेतृत्व गर्ने र दैनिक कार्यहरु भने आइसोलेसनबाटै गर्ने जनाइएको छ ।

“प्रधानमन्त्री राम्रो अवस्थामा हुनुहुन्छ, उनलाई कुनै समस्या र लक्षणहरु देखिएको छैन, कोरोनाको संकेत पनि देखिएको छैन,” उनका प्रवक्ताले भने । प्रधानमन्त्री जोनसनले यसअघि पनि लण्डनमा रहेको सेन्ट थोमस अस्पतालको सघन उपचार कक्षमा तीन रात विताएरा थिए । उनलाई गत अप्रिलमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

 

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु