adv

विश्वमा एकैदिन ५ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डाै । विश्वमा एकैदिन पाँच लाखभन्दा धेरैमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा मात्रै एक लाख ६१ हजारसहित पछिल्लो २४ घण्टामा पाँच लाख तीन हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको वर्ल्डाेमिटरले जनाएको छ । योसँगै विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच करोड ५३ लाख ३९ हजारभन्दा धेरै भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात हजार तीन सयसहित १३ लाख ३१ हजार सात सयभन्दा धेरैले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमण भएकामध्ये तीन करोड ८४ लाख ८३ हजारभन्दा धेरै निको भएका छन् भने अहिले विश्वभर एक करोड ५५ लाख २४ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।

झण्डै एक वर्षअघि चीनको वुहान सहरमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा अहिले विश्वका दुई सय १७ देशमा पुगिसकेको छ । नौ वटा देशले भने सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झारेर कोरोनामुक्त भएका छन् । भाइरस सुरु भएको चीनमा पनि अहिले तीन सय ७४ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु