adv

कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार नाघ्यो

काठमाडौं । कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या बुधबार २ लाख ५० हजार नाघेको रोयटर्सले जनाएको छ।

संक्रमणको तेश्रो चरण सुरू भएसँगै अमेरिकामा पछिल्लो समय संक्रमित संख्या बढिरहेको र त्यसले त्यहाँको स्वास्थ्य स्वास्थ्य सेवा प्रणालीमा दबाब बनाएको रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ।

तेश्रो लहरका कारण अस्पतालमा संक्रमित भर्ना हुने दर पनि बढेको छ। बुधबारमात्रै त्यहाँ ७८ हजार ६ सय ३० जना संक्रमित फेला परेका छन्। यो संख्या महामारी सुरू भएयता एकै दिन भेटिएको सर्वाधिक ठूलो संख्या हो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु