adv
adv

सञ्चारकर्मी देशराज नेम्बाङकाे मदिरा

दमक । सञ्चारकर्मी देशराज नेम्बाङकाे लेखन तथा निर्देशनमा लघु चलचित्र मदिरा निर्माण भएकाे छ । लामाे समय देखि सञ्चार क्षेत्रमा काम गरिरहेका नेम्बाङले यश अघि पनि केही लघु चलचित्र निर्माण गरिसकेका छन् । मदिरा लघु चलचित्र दमकबाट प्रकाशित समदर्शी मासिक पत्रीकाले निर्माण गरेको हाे ।

सोही पत्रीकाले सञ्चालन गरेको युटुव च्यानल समदर्शी टिभीमा अपलोड गरिएको लघुचलचित्र मदिरा (मदिरा विरुद्धको अभियान स्वरुप) निर्माण भएको हो ।

संचारकर्मी देशराज नेम्बाङको लेखन तथा निर्देशन रहेको सो लघुचलचित्रमा देशराज नेम्बाङ, गंगा बेघा, सुमि जंग राना, अरुन राई, राजु राई र साजन राइको अभिनय गरेका छन् ।

सुरज लिम्बूको छायांकन र सम्पादन रहेको सो लघुचलचित्रमार्फत मदिरा सेवन र जुवातासको कुलतमा लाग्दा आफ्नो परिवार कसरी पीडाको दलदलमा फस्छन् भन्ने सत्य उजागर गर्दै त्यस्तो कुलत फस्नु हुँदैन भन्ने सामाजिक सन्देश प्रवाह गरिएको छ ।

समदर्शी टिभीले निकट भविष्यमा नै समसामयिक र हास्यब्यंङ्य वेव सिरिज सञ्चालन गर्ने तयारी रहेको निर्देशक नेम्बाङले जानकारी दिए ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु