adv

नेकपा र नेका परित्याग गरि १०० जना बढी जसपा प्रवेश

काठमाडौं, २० मंसिर । नेकपा र नेपाली काँग्रेस परित्याग गरि शनिबार राजधानीमा एक सय जना भन्दा बढी जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी, नेपाल संखुवासभा काठमाडौं सम्पर्क मन्चले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ज्याम्लिङ भोटे र लक्पा वाङ्चुक भोटेको नेतृत्वमा सो संख्यामा पार्टी प्रवेश गराइएको जसपा केन्द्रीय सदस्य दिपक याक्खाले जानकारी दिए ।
पार्टीका वरिष्ठ नेता अशोककुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भोट्खोला गापाबाट मात्रै ५० जना बढी प्रवेश गरेका बताइएको छ । नवप्रवेशी अन्य पनि संखुवासभास्थित विभिन्न स्थानीयतहका हुन् । फुर्पु ल्होमीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा पार्टीका कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ, प्रदेश नम्बर १ का मुख्य सचिव प्रभुराम श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Advertise Expired !

One thought on “नेकपा र नेका परित्याग गरि १०० जना बढी जसपा प्रवेश

  1. नवप्रवेसी आम मित्रहरुलाइ हार्दिक बधाइ।

Leave a Reply

सम्बन्धित शीर्षकहरु