adv

मिस नेपाल २०२० बनिन् नम्रता श्रेष्ठ


काठमाडौं, २० मङ्सिर।
मिस नेपाल वर्ल्ड २०२० को उपाधि नम्रता श्रेष्ठले हात पारेकी छिन्। कोरोना भाइरसको महामारिको बीच हिडन ट्रेजरले आयोजना गरेको सो सौन्दर्य प्रतियोगिता शनिवार होटल पार्क भिलेजमा स्वास्थ्यमापदण्ड अनुसार गरिएको थियो ।

मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस वल्र्डको ताज पहिरेकी हुन् । शिक्षिकाको रुपमा कार्यरत श्रेष्ठले निर्णायक मण्डलको प्रश्न ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो ।

यस्तै मिस नेपाल सुपरनेश्नलको उपाधि सिमल कनौजियाले जितिन् भने ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले आफ्नो नाममा पारिन् । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि भने सन्ध्या शर्माले आफ्नो पोल्टामा पार्न सफल भइन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु