adv

मेचीनगर लेडि जेसीजको अध्यक्षमा शुशिला खतिवडा चयन

मेचीनगर ,२० मंसिर । मेचीनगर लेडि जेसीजको सन २०२१ को अध्यक्षमा शुशिला खतिवडा चयन भएकी छिन् । शनिवार सम्पन्न लेडि जेसीजको सातौं साधारण सभाले अध्यक्षमा खतिवडा सहित कार्यकारीणी उपाध्यक्षमा अनिता खनाल गुरागाइ र सुभद्रा नेपाललाई सर्बसम्मत रुपमा चयन गरेको निर्वाचन अधिकृत मञ्जु भण्डारी खनालले बताइन् ।

खनालका अनुसार साधारण सभाले चार जना उपाध्यक्ष समेत चयन गरेको छ । उपाध्यक्षहरुमा बबिता प्रसाई, अनु कटुवाल, अनिता दाहाल र शर्मिला घिमिरे थापा सर्बसम्मत रुपमा चयन भएको हो।

जेसीजको बिधान अनुसार महासचिव, सहसचिव, कोषाध्यक्ष र तालिम संयोजक सहित अन्य पदहरु पदहस्तान्तरण कार्यक्रममा नवनिर्वाचित अध्यक्षले मनोनयन गर्ने ब्यवस्था रहेको मेचीनगर लेडि जेसीजकी पुर्व अध्यक्ष समेत रहेकी निर्वाचन अधिकृत खनालले बताइन्।

मेचीनगर लेडि जेसीजको सचिवालय मेचीनगर १० मा अध्यक्ष तुलशा दंगालको सभापतित्व तथा महासचिव शुशिला खतिवडाको सञ्चालनमा साधारण सभा सम्पन्न भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु