झापा । झापामा आज सोमबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार सोमवार जिल्लाका ९ वटा पालिकामा ४ महिला र १८ जना पुरुषसहित २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
दमक नगरपालिकामा १ महिलासहित ४ जना, मेचीनगर नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा ३ जना पुरुष, भद्रपुर नगरपालिकामा १ महिलासहित २ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
यसैगरी, शिवसताक्षी नगरपालिकामा १ महिलासहित २ जना, कचनकवल गाउँपालिकामा १ जना पुरुष, झापा गाउँपालकामा १ जना पुरुष, कनकाई नगरपालिकामा १ महिलासहित ७ जना र अर्जुनधारा नगरपालिकामा १ जना पुरुष संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।
झापामा हालसम्म ३४ हजार ५४७ स्वाब संकलन गरिएका मध्ये ४ हजार ३३९ जना संक्रमित छन् ।झापामा हालसम्म १२३ जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका सकृय संक्रमित ५६२ र होम आइसोलेसनमा ५५६ र हालसम्म निको भएर घर फर्किएका ३ हजार ६५४ जना रहेका छन् ।

