झापा, ३० मंसिर । झापामा पछिल्लो २४ घण्टामा १२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आज ७ जना महिला र ५ जना पुरुष थपिएका हुन् । योसहित झापामा कोरोना संक्रमितको संख्या ४ हजार ३५१ जना पुगेको छ ।
झापामा मृत्यु हुनेको संख्या १२३ जना पुगेको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिएका छन् । उनका अनुसार कोरोना संक्रमितमध्ये ३ हजार ६८३ जना निको भएका छन् ।
आज थपिएका कोरोना संक्रमितमा मेचीनगर, भद्रपुर, बुद्दशान्ति र बाह्रदशीका २–२ जना, विर्तामोड, गौरादह, कन्काई र शिवसताक्षीका १–१ जना रहेका छन् । संक्रमित सबै स्थानीय समुदायका रहेको बताइएको छ ।

