adv
adv

फिदिममा जसपाको विरोध प्रदर्शन

फिदिम, १० पुष । जनता समाजवादी पार्टी, नेपालले पाँचथरको फिदिममा संसद् बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई अलोकतान्त्रिक भन्दै विरोध प्रदर्शन गरेको छ ।

शुक्रबार फिदिममा विरोध र्याली आयोजना गरेर ओली कदमको विरोध गरिएको जसपा पाँचथर अध्यक्ष लक्ष्मण लावतीले जानकारी दिए ।

र्यालीमा सहभागीहरुले अलोकतान्त्रिक कदम बन्द गर, प्रतिनिधिसभा पुनर्स्थापना गर, केपी ओली मुर्दावाद लगायत नारावाजी गरेका थिए ।

विरोध प्रदर्शन कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य रकम चेम्जोङ, सङ्घीय लिम्बुवान पार्टीका केन्द्रीय उपाध्यक्ष मचिन्द्र बेघा, प्रदेश नं १ अध्यक्ष प्रवीण चाम्लिङ, लिम्बुवान समिति अध्यक्ष खगेन्द्र माखिम, केन्द्रीय सदस्यहरु उमेश थापा, प्रेम लावती, दिपेन्द्र आङ्देम्बे, जेन्टल लावती लगायत सहभागी थिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु