adv

नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार २०० पुग्यो,शुक्रबार थपिए ६०८ संक्रमित

झापा ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलाममा ३, उदयपुरमा १, झापामा १४, भोजपुरमा २, मोरङमा ११, संखुवासभामा २, सुनसरीमा १०, सोलुखुम्बुमा १, धनुषामा ४, पर्सामा १, बारामा ३, काठमाडौँमा २१२, काभ्रेमा ४, चितवनमा १८, दोलखामा ५, धादिङमा ५, नुवाकोटमा १३, भक्तपुरमा २०, मकवानपुरमा ५, रामेछाममा २, ललितपुरमा ४७, सिन्धुपाल्चोकमा २, सिन्धुलीमा १, कास्कीमा १८ र गोरखामा २ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै तनहुँमा ३, नवलपरासीपूर्वमा १८, पर्वतमा १, स्याङ्जामा २, अर्घाखाँचीमा ४, गुल्मीमा २, दाङमा १०, नवलपरासीमा २, पाल्पामा ५, प्यूठानमा २, बर्दियामा ४, बाँकेमा १७, रुपन्देहीमा ३५,  रोल्पामा १, कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा ३, डोल्पामा ४, दैलेखमा २, सल्यानमा १, सुर्खेतमा १०, अछाममा १२, कञ्चनपुरमा १७, कैलालीमा ३३, डडेल्धुरामा २, डोटीमा ४, दार्चुलामा १ र बझाङमा १५ जना संक्रमित थपिएका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु