adv

झापाको गौरादहबाट चोरी भएको मोटरसाईकल सहित २ जना पक्राउ

झापा, १६ पौष । झापाको गौरादह नगरपालिका-२ बाट मोटरसाईकल चोरीमा संग्लग्न २ जना पक्राउ परेका छन् ।

गत मंगलवार राती साँढे १२ बजे दमक नगरपालिका-७ मा रहेको एडभान्स अस्पताल परिसरबाट प्रदेश १-०२-०४३ प ६८७७ नम्बरको पल्सर मोटरसाईकल हराएको भनी जानकारी पाए लगत्तै खोजतलासमा खटिएको प्रहरी टोलीले सोही दिन बेलुका ७ बजे गौरादह नगरपालिका-७ को एक घरबाट चोरी भएको मोटरसईकल फेला पारेको थियो ।

मोटरसाईकल फेला परेसंगै चोरीमा संग्लग्नहरुको खोजतलास गर्ने क्रममा चोरीमा संग्लग्न रहेका गौराहद नगरपालिका-२ का २४ बर्षीय मोहन प्रसाद ताजपुरिया र २९ बर्षीय दिपक न्यौपानेलाई पक्राउ गरेको र निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको गरेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु