adv

नेतृत्व विकास तथा योजना छनौट सम्बन्धी तालिम शुरु

शिवसताक्षी १७ पुस । स्थानीय तहका जनप्रतिनिधि, स्थानीय संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधि र अगुवा महिलाहरुलाई लक्षित शिवसताक्षी नगरपालिकामा विहीबारदेखि ५ दिने नेतृत्व विकास तथा योजना छनौट सम्बन्धी तालिम शुरु भएको छ ।

शिवसताक्षी नगरपालिकाको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा शुरु भएको तालिमको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले गरेका थिए।

कार्यक्रममा बोल्दै मेयर शेर्माले तालिममा सिकेका कुरालाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउन आग्रह गर्दै तालिमले आगामी दिनमा नगरका योजना छनौटमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपालले पदिय जिम्मेवारी अनुसार काम गर्ने क्षमतामा पनि महिलाहरुले विकास गर्न जरुरी रहेको धारणा राखे ।

सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटाले तालिमलाई साधनका रुपमा लिएर साध्यका रुपमा प्रविधिलाई पनि प्रयोग गर्न सकिनेतर्फ ध्यानाकर्षण गराए ।

नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, लेखा अधिकृत प्रकाश लिम्बू, योजना अधिकृत प्रकाश चौधरी, नारी संचार गृहका संस्थापक अध्यक्ष सावित्रा दाहाल, निवर्तमान अध्यक्ष अम्बिका भण्डारी, सल्लाहकार लीला अनमोल, विनोद सापकोटा, छविलाल दवाडी लगायतको उपस्थिति रहेको थियो ।

जनप्रतिनिधि, स्थानीय संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधि र अगुवा महिलाहरुको सहभागित रहेको तालिममा ५६ जना बढीको सहभागिता रहेको तालिमको पहिलो दिन विहीबार संविधानसभा सदस्य प्रेम गिरीले मोटिभेसन सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको नारी संचार गृहका सचिव भुमिका सूब्बाले जानकारी दिए ।

सचिव भूमिका सुब्बाले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश उपाध्यक्ष रेजिना गौतमले गरेकी थिइन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु