adv

दमकबाट ब्राउनसुगर सहित २ जना पक्राउ

झापा, २० पौष । झापाको दमक नगरपालिका-६ बेलडागीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

पक्राऊ पर्नेमा दमक नगरपालिका-८ का २१ बर्षीय बिक्रम लम्जेल र रतुवामाई नगरपालिका-८ का २२ बर्षीय रोशन कुमार मग्राती रहेका छन् ।

ईलाका प्रहरी कार्यालय दमकबाट गस्तिमा खटिएको प्रहरी टोलीले आईतवार राती १० बजे शंकास्पद अवस्थामा हिडिरहेका उनीहरूलाई चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ३९० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद २ हजार ४०० बरामद भएको थियो ।

लागुऔषध सहित पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु