adv

झापाको धुलावारीबाट ब्राउनसुगरसहित १ जना पक्राउ

झापा, २२ पौष । झापाको मेचीनगर नगरपालिका-१० धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो पौने २ बजे मेचीनगर नगरपालिका-१० का ३२ बर्षीय मो.मुस्ताफालाई पक्राउ गरेको हो ।

उनलाई १ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका मुस्ताफाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु