adv

चिसोपानी पञ्चमीमा पत्रकारिता तालिम सुरु

माङसेबुङ । माङसेबुङ गाउँपालिका वडा नं. ६ चिसोपानी पञ्चमीमा शुक्रबारदेखि ७ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।

माङसेबुङ गाउँपालिका वडा नं. ६ को आर्थिक सहयोगमा तथा हरप्रहर मिडिया प्रा.लि. इलामको आयोजनामा तालिम सुरु भएको हो ।

तालिम उद्घाटन समारोहमा आफ्नो कुरा राख्नुहुदै प्रमुख अतिथि माङसेबुङ गाउँपालिका वडा नं. ६ का अध्यक्ष प्रदिप साम्पाङ

तालिमको उद्घाटन गर्दै माङसेबुङ वडा नम्बर ६ का वडा अध्यक्ष प्रदिप साम्पाङले आजको समयमा सूचना सञ्चारको महत्व बढेर गएको हुनाले पत्रकारिता तालिमको लागि वडाले सहयोग गरेको बताए ।

ग्रामिण पत्रकारितालाई उजागर गर्ने उद्देश्यले आर्थिक वर्ष २०७७/०७८ मा बिनियोजित बजेटबाट तालिम आयोजना गरिएको हरप्रहर मिडियाका कार्यकारी प्रमुख सुसन राईले जानकारी दिए ।

तालिम उद्घाटन समारोहमा आफ्नो कुरा राख्नुहुदै तालिमका सहजकर्ता फोनिन संघीय सचिव कमन देवान

उद्घाटन शत्रमा माङसेबुङ ६ स्थित उप–स्वास्थ्य चौकीका प्रमुख दमन्ता धमला, उपास्वास्थ्य चौकीका सिनियर अहेब सुमन राई लगायतले शुभकामना व्यक्त गर्दै तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतारेर व्यवसायिकतातर्फ लाग्न सुझाव दिएका थिए ।

माङसेबुङ ६ का तीन पुरुष सहित १० जना प्रशिक्षार्थी सहभागी रहेको तालिमलाई फोनिज सङ्घीय सचिव कमन देवान, यलम्बर टाइम्सका प्रकाशक सम्पादक दिपिन राई, माङसेबुङ रेडियोका स्टेसन म्यानेजर सुमन लावती, सञ्चारकर्मी भूमिका फियाक लिम्बूले सहजीकरण गर्नेछन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु