adv

माङसेबुङमा अम्लिसाे खेती राम्राे आम्दानीकाे स्राेत बन्दै

दिवस सिप्तुङखा/अविना काेयू, माङसेबुङ, १३ माघ । इलामको माङसेबुङमा पाखाभित्तामा अम्लिसाे रोपेर कुचोको व्यावसायिक उत्पादन गर्ने यहाँका कृषक यस वर्ष व्यवसायिक रूपमा अम्लिसाे खेती राम्रो आम्दनीको श्रोत बनेको छ ।

माङसेबुङको वडा नं ६, ३ र २ को विभिन्न भिरालो तथा पाखे बारीहरूमा परम्परागत रूपमा गरिने भरसिलो व्यवसायिक खेती अम्लिसाे (कुचो) खेती हो । तुलनात्मक रूपमा हेर्दा अझ यस वर्ष कुचोको बजार मूल्य निकै राम्रो भएको माङसेबुङ ६ का स्थानीय कृषक मणिकुमार राईले बताउनु भयो ।

अम्रिसो खेती गर्दा कुचोबाट आम्दानी त छदैछ गाई, भैंसीले खाने घाँसको लागि पनि अम्रिसो उतिकै उपयोगी हुने माङसेबुङ २ का स्थानीय कृषक अमृत दिलमाई राईले बताउनु भयो ।

त्यसै वडा ३ का स्थानीय वडासदस्य संगीता राईका अनुसार पनि अम्लिसाे खेतीबाट कृषकहरूले राम्रो आम्दानी गरेका छन् । वडा सदस्य राईले भन्नुभयाे यस वर्ष कुचोको बजार मूल्य एकरूपता नभए पनि गत वर्ष भन्दा राम्रो भएको छ । गतसाल प्रति के जी ७० देखि ८० सम्म मात्र बजार मूल्य थियो तर यो वर्षको पहिलो उत्पादन भएको कुचोको मूल्य प्रति किल्लो १ यस २५ देखि १ सय ३५ सम्म रहेको थियो र गत आइतबार सम्म पनि प्रति किल्लो १ सय ५ देखि १ सय १० सम्म बिक्री भएको जानकारी गराउनु भयो ।

प्रत्येक वर्ष १७ सय किल्लो देखि १८ सय सम्म उत्पादन गर्दै आएको माङसेबुङ ६ का स्थानीय कृषक सुजन राईका अनुसार यो वर्ष कुचोको मूल्य बढ्दा आफू खुसी रहेको बताउँदै कुचोको आम्दानीले वर्षभरिको घर व्यवहार चलाउनु ठूलो टेवा पुगेको जानकारी दिनु भएको थियो।फाेटाे साैजन्य : सुजा राई (रेडियाे माङसेबुङबाट)

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु