
विराटनगर, १३ माघ । विराटनगरमा मानव अधिकार र पत्रकारिता विषयक दुईदिने तालिम सुरु भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र सञ्चारिका समूह, नेपालको सहकार्यमा मंगलवार तालिम सुरु भएको हो ।

१ न: प्रदेशभरका ३० जना पत्रकार महिलाहरुको सहभागिता रहेको तालिममा डा. टिकाराम पोरखेल, आयोगको प्रदेश कार्यालय विराटनगर निर्देशक नितु गड्तौला, सञ्चारिका समूह, नेपालकी महासचिव बिमला तुम्खेवा र आयोगकी अधिकृत लक्ष्मी राईले प्रशिक्षकको रुपमा सहजीकरण गर्ने सञ्चारिका समूह प्रदेश १ संयोजक इन्दिरा भट्टराईले जानकारी दिईन् ।

तालिमको उद्घाटनका क्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा. पोखरेलले मानव अधिकार र पत्रकारिता एकअर्काका परिपूरक भएकोले सहकार्यको अनिवार्यता रहेको बताएका थिए ।
आयोगको इसीएनएचआरसी परियोजनाले पत्रकार महिलाहरुका लागि तालिम आयोजना गरेको हो ।

