adv
adv

दमकबाट नेटवर्किङका लाखौ मूल्यका अबैध समानसहित एकजना पक्राऊ

दमक,१३ माघ । झापाको दमक ६ मा रहेको ग्लोवल ओरियन्स नेटवर्किङ कम्पन्नीमा झापा प्रहरीले छापा मारी लाखौ मूल्यका अबैध समान वरामद गरेको छ ।

दमक ६ स्थित पदम गुरुङको घरमा भण्डारण गरि नेटवर्किङ रुपमा कारोवार गर्दै आएका जितेन्द्र साहसहित ती समानहरु नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

आज इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरि सो जानकारी दिएको हो ।

उनका अनुसार बरामद गरिएको खाद्य बस्तुहरुको मूल्य रु ३ करोड रुपैयाँ रहेको अनुमान छ । वरामद गरिएको समानको मूल्यको विल भने रु ८७ लाख २६ हजार ५ सय २० रहेको पाईएको छ ।

काठमाडौको बालाजुमा दर्ता रहेको ग्लोवल ओरियन्स प्रालिबाट केहि परिमाणका खाद्यबस्तु खरिद गरेको र अन्य बस्तु भन्सार तथा राजश्व छली गरि ल्याईएको आशंकामा प्रहरीले ती समान बरामद गरिएको उनले बताए ।

पक्राउ परेका साहसहित समानलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईने उनले वताए । सोहि कारोवारमा संलग्न फरार अन्यको पनि खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु