adv
adv

फोनिजद्वारा नागरिक आन्दोलनमाथिको सरकारी दमनको विरोध

दमक, १३ माघ । सोमबार सरकारले नागरिक आन्दोलनमाथि गरेको दमनको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले विरोध गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गरेर फोनिज सङ्घीय समितिले सरकारको उक्त कदमको विरोध गरेको हो ।

विज्ञप्तिमा प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी पत्रकार र मानव अधिकारकर्मीमाथि भएको प्रहरी दमनप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

सोमबारको प्रर्दशनमा सहभागी वरिष्ठ पत्रकार नारायण वाग्ले, वरिष्ठ मानअधिकारकर्मी कृष्ण पहाडीलगायतमाथि भएको दमन अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य भएको ठहर गर्दै फोनिजले सो कार्य अभिव्यक्ति स्वतन्त्रताको खिलाफ भएको जनाएको हो ।

शान्तिपूर्ण विरोधको अधिकार संविधानप्रद्धत नागरिक अधिकार भएको भन्दै फोनिजले संविधानप्रद्धत अधिकारविरुद्ध हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने विज्ञप्तिमार्फत जनाएको हो ।


विज्ञप्तिमा भनिएको छ – शान्तिपूर्ण प्रर्दशनमा प्रहरी दमन हुनु बलिदानपूर्ण इतिहासको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था मास्ने प्रपन्चको निरन्तरता हो । फोनिज यस्ता गतिविधिको घोर भर्त्सना गर्दछ ।

फोनिज सङ्घीय समितिका महासचिव मनोज घर्तीमगरले जारी गरेको विज्ञप्तिमा सरकारलाई विधिको शासन र कानुनीराजको सम्मान गर्न आग्रह गरिएको हो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु