adv
adv

कांग्रेस, नेकपा र राप्रपा परित्याग गरी ८०० बढि जनता समाजवादी पार्टी नेपालमा प्रवेश

काठमाडौं, १७ माघ।  सिन्धुपाल्चोक, खोटाङ, उदयपुर लगायत जिल्लाबाट गरी करिब आठ सय जना नेकपा, कांग्रेस र राप्रपानिकट कार्यकर्ताहरु शनिबार जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

काठमाडौंको कोटेश्वरस्थित जडिबुट्टी पार्टी प्यालेसमा आयोजित ‘बृहत पार्टी प्रवेश कार्यक्रम’मा कृष्ण श्रेष्ठ, डिबी लामा, रविकृष्ण श्रेष्ठलगायत नेताहरु जनता समाजवादीमा प्रवेश गरेका हुन् ।

कृष्ण श्रेष्ठ सिन्धुपाल्चोकका एक परिचित अभियान्ता समेत हुन् । उनी राप्रपानिकट हुन् । डिबी लामा र रविकृष्ण श्रेष्ठ सिन्धुपाल्चोककै हुन् । जसमध्ये श्रेष्ठ सिन्धुपाल्चोक सांस्कृतिक मञ्चका अध्यक्ष समेत हुन् ।

जनता समाजवादीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङसहितका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

जनता समाजवादीका केन्द्रीय सदस्य डा. केके राई र मजदुर नेता डिबी सरोज राईको पहलमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

जसमा डिबी सरोजले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

कार्यक्रममा अध्यक्ष यादव, वरिष्ठ नेता राई, नेता रकम चेम्जोङ, तारा विक, रेखा यादव, लीला सिटौलाले बोलेका थिए ।

कार्यक्रममा जनता समाजवादीका नेताहरु आङकाजी शेर्पा, सन्तोष सिलवाल, दलमर्दन कामी, रमेशबाबु श्रेष्ठलगायत नेताहरुको समेत उपस्थिति थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु