adv
adv

माङ्सेबुङमा यायोक्खाद्वारा राष्ट्रिय जनगणना सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

ध्रुब कोयु राई, माङ्सेबुङ, १८ माघ । इलामको माङसेबुङमा किरात राई यायोक्खा माङ्सेबुङ गाउँसमितिकाे आयाेेेेेेजनामा १२औं राष्ट्रिय जनगणना सम्बन्धि १ दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । माङसेबुङ ३ स्थित आदिवासी भवनमा शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।

किरात राई यायोक्खा माङसेबुङ गाउँसमितिका अध्यक्ष डिल्ली राजालिम राईको अध्यक्षतामा तथा माङसेबुङ गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष मैतराज राईकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा किराया जिल्ला सदस्य याम बाङदेलले सहजिकरण गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा आसन्न १२औं राष्ट्रिय जनगणनामा सम्पूर्ण किरात राईहरुले आनिवार्य उपस्थिति हुनुपर्ने, जाति, भाषा, धर्म सस्कृतीलाई बचाउन, बिकास योजनाको आधार तयार पार्न, राजनीतिक, समाजिक महत्त्व हुने हुनाले जनगणनामा किरात राईहरुको सहि तथ्यांक लेख्न र लेखाउनका लागि यायोक्खाले केन्द्र देखि वडासम्म प्रशिक्षण कार्यक्रम सुरु गरेको सहजकर्ता याम बाङदेलले बताए ।

यस्तो प्रशिक्षण अब वडा वडामा हुने, सम्पूर्ण किरात राईहरु सक्रिय भई जनगणनामा सहि तथ्याङ लेखाउन लागि पर्नु पर्ने यायोक्खा माङसेबुुङ अध्यक्ष डिल्ली राईले बताए ।

कार्यक्रममा विशेष अतिथिमा किराया इलाम जिल्ला सहसचिव ओपेन्द्र राई, जिल्ला सदस्य याम बाङ्देल, गाउँकार्यपालिका उपसमिति संयोजक रत्न कुमार राई लागयतको उपस्थिति रहेको थियो ।

आसन्न १२औं राष्ट्रिय जनगणनामा मिथ्याङ्क नभई सहि तथ्याङ्क लेख्न र लेखाउनका लागि यायोक्खाले केन्द्र देखि वडा वडासम्म उपसमितिहरु निर्माण गरि प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

कार्यक्रम यायोक्खा माङसेबुङ गाउँ समिति सचिव रन्जित राईले सञ्चालन गरेको कार्यक्रममा रत्न कुमार राईको स्वागत मन्तव्य रहेको थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु