adv

खैरोहिरोईन ब्राउनसुगर सहित दमकबाट दुई जना पक्राउ

झापा, १८ माघ । झापाको दमकमा दुई छुट्टा छुट्टै स्थानबाट लागुऔषध खैरोहिरोईन ब्राउसुगर सहित दुई जना पक्राउ परेको छ । दमक ३ स्थित भुटानी शरणार्थी शिविरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा ईलाम चुलाचुली ३ का ३८ बर्षीय यम बहादुर थाम्सुहाङ रहेका छन ।

थाम्सुहाङले शिविर भित्र प्रवेश गरी ब्राउनसुगर बेचबिखन गर्ने गरेको विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनलाई १ ग्राम ८५० मिलिग्राम ब्राउनसुगर र नगद १९ हजार २५ रुपैया सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसै गरी ईलाका प्रहरी कार्यालय दमकबाटै खटिएको प्रहरी टोलीले दमक ५ अनाम टोल स्थितबाट खैरोहिरोईन ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक १ का २६ बर्षीय गगन लिम्वु योङया रहेका छन । उनलाई ३ ग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।

यसरी शनिवार लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईऐको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु