adv

भिरबाट लडेर एकको मृत्यु

संखुवासभा, १८ माघ। संखुवासभा सभापोखरी ३ फुकाम बस्ने ५२ बर्षीय सुर्य बहादुर घलेको भिरबाट लडेर मृत्यु भएको छ ।

शनिवार राती संखुवासभाकै पावाबाट घर तर्फ फर्कने क्रममा सोही स्थितमा रहेको बालिंगे भिरबाट लडेर घलेको मृत्यु भएको भनि आज विहान साढे ३ बजे स्थानीयले प्रहरी चौकी बार्हबिसेमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउन साथ प्रहरी टोली घटना स्थानमा पुगि कानुनी कारबाही तथा थप अनुसन्धान बढाइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु