दमक, १९ माघ । समाजवादी ट्रेड युनियन महासंघ अन्तर्गत सोमबार पेन्टर्स एसोसिएसनको दमक नगर समिति गठन भएको छ ।
राजेन्द्र तामाङको अध्यक्षतामा गठित समितिका उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमश: राजेन्द्र श्रेष्ठ, भूवन श्रेष्ठ, बिर्खबहादुर थापा र गणेश धिमाल छन् । त्यस्तै सदस्यहरुमा क्रमश: समिर राई, छिरिङ शेर्पा, अमृत तामाङ, विशाल अधिकारी, पूर्ण लिम्बू र जगत रोक्का चयन भएका ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य अनिल लामाले जानकारी दिएका छन् ।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य हरिदेवी राई लावतीले नवगठित समितिलाई शुभकामना व्यक्त गरेकी थिइन् ।
जसपा दमक नगर अध्यक्ष खेम दाहालले सहजीकरण गरेको कार्यक्रममा पार्टीका सङ्घीय परिषद् सदस्य ओममाया आङ्देम्बे, प्रदेश सदस्यहरु कमन देवान, धिरेन सुब्बा लावती, पदमकुमारी लिम्बू राई, सुशिल राई, प्रज्वल भण्डारी लगायतको सहभागिता थियो ।

