
धुलावारी , २७ माघ । झापाको मेची उद्योग वाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कार पत्रकार मनिषा चम्लागाईलाई प्रदान गरिएको छ ।
संघको १७ औं वार्षिक साधारण सभाका अवसरमा आज उक्त पुरस्कार पत्रकार चम्लागाईलाई प्रदान गरिएको हो ।
चम्लागांईलाई नगद १५ हजार रुपैयाँ र सम्मान पत्रसहितको पुरस्कार तथा सम्मान दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रदान गरेका थिए ।

आर्थिक पत्रकारिताको माध्यमबाट कलम चलाउंदै आएकी चम्लागाई कारोवार दैनिकमा आवद् छिन् ।
यसैबिच कार्यक्रममा कोभिड महामारीका बेला विरामीको निरन्तर सेवा पुर्याए वापत मेची आम्दा अस्पताल धुलावारीका मेडिकल डाइरेक्टर डा.पोषणरमण त्रिपाठीलाई समेत कदरपत्र प्रदान गरिएको छ ।
डाक्टर त्रिपाठीलाई प्रमुख अतिथि एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले कदर पत्र प्रदान गरेका थिए ।

