adv

मुख्यमन्त्री शेरधन राई विरुद्ध अविस्वासको प्रस्ताव पेश

बिराटनगर । प्रदेश सभा १ मा मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव पेश  भएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले नेपालको संविधान धारा १८८ (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १२९(१) बमोजिम दर्ता भएको अविश्वासको प्रस्ताव पेश गर्न प्रस्तावक सांसद् ईन्द्रबहादुर आङ्बोलाई समय दिएपछि सांसद् आङ्बोले अविस्वासको प्रस्ताव प्रदेश सभामा पेश गरेका छन् ।

प्रदेश १ को सातौं हिउँदे अधिवेशनको तेस्रो बैठकको दैनिक कार्यसूची अनुसार मुख्यमन्त्री शेरधन राईमाथि अविस्वासको प्रस्ताव पेश भई संसदमा टेबल भएको छ ।

सत्ता पक्षको उपस्थितिविना नै प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको हो । अविश्वासको प्रस्ताव पेश भएसँगै बैठक स्थगित भएको छ ।

आइतबार दिउँसोका लागि बोलाइएको बैठक दुई घण्टापछि बसेको थियो । सत्तारुढ नेकपाले बैठकमा सहभागी हुन नसकिने बताएपछि सभामुख भण्डारीले बैठक सुरु गरेका थिए ।

राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।ब्लास्टखबरबाट

संसदको आगामी बैठक  २०७७ फागुन २० गते बिहीबार दिउँसो १ बजे बस्ने सभामुख भण्डारीले जानकारी गराए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु