adv
adv

मेची आधारभूत विद्यालयको बाल क्लबको अध्यक्षमा घिमिरे

मेचिनगर । झापाको मेचीनगर–५ स्थित मेची आधारभूत विद्यालयमा शुक्रबार पुर्नगठित मेची बाल क्लबको अध्यक्षमा सन्देश घिमिरे चयन भएका छन् ।

बाल जागरण मञ्च नेपालले आयोजना गरेको बालबालिकाको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत पुर्नगठित क्लबको अध्यक्षमा घिमिरे चयन भएका हुन् ।

मेचीनगर ५ नम्बर वडा कार्यालयको सहयोगमा सम्पन्न क्लबको भेलाले उपाध्यक्षमा प्रिया ठाकुर, सचिवमा जेनिसा कटुवाल, सहसचिवमा नेहा राजवंशी र कोषाध्यक्षमा शिल्पा गुरुङलाई चयन गरेको छ ।


११ सदस्यीय उक्त क्लबको सदस्यहरुमा सुजित खड्का, कविराज अछामे, पारु मगर, समिर धिमाल, सुजन राजवंशी र विनय दनुवार छन् । सो अवसरमा प्रमुख अतिथि मेचीनगर वडा नम्बर ५ का अध्यक्ष योगेन थापा मगर, प्रधानाध्यापक भरतकुमार दाहाल, क्लबका संरक्षक शिक्षक प्रकाश खड्कालगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

त्यसक्रममा प्रमुख अतिथि वडा अध्यक्ष थापाले प्रधानाध्यापक दाहाललाई विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरेका शिक्षक रमेश निरौलाले जानकारी दिए ।
कार्यक्रममा मेचीनगर वडा नम्बर ५ का सदस्य मेघराज गेलाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुष्पकुमार गेलाललगायत शिक्षक–शिक्षिकाको आतिथ्यता थियो ।

आयोजक मञ्चका अध्यक्ष मणिकुमार लिम्बूको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन मञ्चका सहसचिव युवराज दाहालले गरेका थिए ।

‘बाल अधिकारका कुरा, मिलेर गरौं पूरा’ भन्ने मूल उद्घोषसहित स्थापना भई क्रियाशील रहेको मञ्चले बालबालिका लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु