adv

काँकडभिट्टाबाट ठुलो परिमाणमा अवैध कपडा बरामद


झापा ।
झापाको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रन लागेको तरकारी बोकेको गाडीबाट भारतीय सीमा सुरक्षा बलले ठुलो परिमाणमा अवैध कपडा बरामद गरेको छ ।

काँकडभिट्टासँग जोडिएको भारतको पानी ट्याङ्की नाकामा एसएसबीले विशेष सूचनाको आधारमा आलु र सब्जीका बोराहरू लोड गरिएका एउटा गाडी चेक जाँच गर्दा त्यसभित्र ठुलो परिणामको लत्ता कपडा फेला पारेको हो ।

सीमा नाकामा तैनाथ एसएसबीका ४१ बटालियन गौरसिंह बस्तीबाट खटिएको टोलीले भारतीय नम्बर प्लेटको मिनी ट्रकमा लोड गरिएका आलु र सब्जीका बोरा निकालेर हेर्दा त्यसभित्रबाट लत्ता कपडा बरामद गरेको बताइएको छ ।

ट्रकको तल लत्ता कपडाका पोकाहरू राखेर माथिबाट आलु र सब्जीका बोरा राखिएको थियो । एसएसबीले मेची नदीमा बनेको नयाँ पुलबाटै सामानसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका लत्ता कपडाको आवश्यक कागजात चालकले देखाउन नसकेपछि भारतीय रुपैयाँ १० लाख मुल्याकंन तोकेर सामान, ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि पानी ट्याङ्की भन्सार कार्यालय बुझाइएको एसएसबीले जनाएको छ ।

पानी ट्याङ्की भन्सारमा तरकारीको मात्र राजश्व बुझाएर लत्ताकपडा अवैध रुपमा नेपाल भित्रिइरहेको यो घटनाले पुष्टि गरेको मेची भन्सारले जनाएको छ ।

भारतबाट आउने तरकारी गाडीहरू सामान्य रुपमा चेक जाँच गरिने गरेको बताउँदै तर अब चेक जाँचमा कडाइ गरिने मेची भन्सार प्रमुख धुव्रराज विश्वकर्माले बताए ।

भन्सार प्रवेश गर्ने सामानमाथि प्रहरीले हस्तक्षेप गर्न नमिल्ने बताउँदै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी सुनिल दाहालले अब भन्सारसँगको सहकार्यमा भारतबाट तरकारी लगायत अन्य सरसामान लिएर आउने गाडीमाथि निगरानी बढाउने बताए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु