adv

साउदीका युवराजको आदेशमा पत्रकारको हत्या

काठमाण्डौ । साउदीका पत्रकार जमाल खशोग्जीको हत्यामा साउदी अरबका युवराज सलमान बिन मोहम्मद संलग्न रहेको अमेरिकी गुप्तचर विभागको रिपोर्टले सार्वजनिक गरेको छ ।

राष्ट्रपटि जो बाइडेनको प्रशासनले रिपोर्ट सार्वजनिक गर्दै साउदी अरबका युवराज सलमान बिन मोहम्मदले खशोग्जीको अपहरण गरेर हत्या गर्ने आदेश दिएको खुलेको दाबी रिपोर्टमा दाबी गरेको छ । साउदीका युवराज मोहम्मदले भने खशोग्जीको हत्या गर्ने आदेश दिएको कुरालाई अस्वीकार गरेका छन ।

पत्रकार खशोग्जी सन् १०१८ मा स्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासभित्र हत्या भएको अवस्थामा फेला परेका थिए । खशोग्जी केही व्यक्तिगत कागजात लिन दूतावास गएका थिए ।

पत्रकार खशोग्जी साउदी सरकारको आलोचकको रुपमा रहेका थिए ।​ खशोग्जी हत्या प्रकरणमा साउदीको एक अदालतले पाँच जनालाई फाँसीको सजाय सुनाएको थियो । तर, गएको वर्ष अदालतले निर्णय परिवर्तन गर्दै उनीहरुलाई २० वर्ष कैद गर्ने फैसला गरेको थियो ।

सन् २०१९ मा यूएनका विशेष अधिकारी एग्नेश क्यालमार्डले साउदी सरकारले योजनाबद्ध ढंगले खशोग्जीको हत्या गरेको आरोप लगाएका थिए । तर, साउदीले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेको थियो ।

पत्रकार खशोग्जीको हत्या सन् २०१८ को अक्टुबर २ तारिखमा टर्कीस्थित साउदी अरबको वाणिज्य दूतावासभित्र हत्या भएको थियो । उनको मृत शरीरलाई क्षतविक्षत पारिएको थियो ।

खशोग्जीलाई साउदी अरबका शासकको आलोचक मानिन्थ्यो । त्यसैले उनको हत्या साउदी राजकुमारले नै गराएको अनुमान लगाईएको छ । यद्यपि साउदी राजकुमारले आफूमाथि लगाइएको आरोप र गरिएको शंकालाई नकार्दै आएका छन् ।

‘अमेरिकी राष्ट्रपति जो बाइडनले यो हत्याको रिपोर्ट पढिसकेका छन् र उनले यसबारेमा साउदी अरबका बादशाह सलमानसँग कुरा पनि गर्ने तयारी गरेका छन्,’ बीबीसीले लेखेको छ, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा साउदी अरब र अमेरिकाबीच नजिकको सम्बन्ध थियो । बाइडनले भने साउदीसँगको सम्बन्धलाई नयाँ सिराबाट अघि बढाउन चाहेका छन् ।’

साउदी अरबका कट्टर आलोचक मानिने खसोग्जी एक चर्चित पत्रकार तथा लेखक हुन् । उनी अल अरब न्यूज च्यानलका पूर्व प्रधान सम्पादकसमेत हुन् ।

खसोग्जी सन् २०१७ सेप्टेम्बरमा साउदी अरबबाट भागेर अमेरिका पुगेका थिए । उनले देशबाहिरबाटै साउदी अरब सरकार र साउदीका शक्तिशाली युवराज सलमानको आलोचना गर्दै अखबारमा लेखहरु लेख्दै आएका थिए । दृष्टिन्यूज

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु