
काठमाडौं, १८ फागुन ।प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सँग सरकारले वार्ता गर्ने भएको छ ।
सरकारको तर्फबाट सन्चारमन्त्री पार्वत गुरुङले मंगलबार जारी गरेको विग्यप्तिमा गृहमन्त्री रामबहादुर बादल संयोजक रहेको दुई सदस्यीय वार्ता टोली गठन गरिएको विग्यप्तिमा उल्लेख छ ।
सरकारी वार्ता टोली सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहेका छन् ।
त्यस्तै नेकपा (विप्लव समूह)को तर्फबाट समेत मंगलबार नै सरकारी वार्ता टोलीसँग वार्ता गर्न पार्टीको तर्फबाट दुई सदस्यीय वार्ता टोली गठन गरेको जनाएको छ । उसले सरकारको वार्ता आह्वानलाई सकारात्मक भनेको छ ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को संयोजकत्वमा सदस्य क. दीपक रहेको दुई सदस्यीय उच्चस्तरीय वार्ताटोली गठन गरेको महासचिव विप्लवबाट जारी विग्यप्तिमा उल्लेख छ ।
वार्ताको मिति तोकिनसकेको अवस्थामा सरकारले अझै पनि नेकपामाथिको प्रतिवन्ध भने फुकुवा गरिसकेको छैन ।

