
पोखरा, २२ फागुन । आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको तमुवान राज्य समिति शनिबार गठन भएको छ ।
महासंघ केन्द्रीय तदर्थ समितिका सदस्य गौरी तमुको उपस्थितिमा महासङ्घको तमुवान राज्य समिति गठन भएको हो ।
छम गुरुङको संयोजकत्वमा गठित समितिका सह-संयोजक गिता रखाली मगर, सचिव दिपक वाइबा तामाङ, कोषाध्यक्ष पवित्र तामाङ र सह-कोषाध्यक्ष रुद्र सन्देश तामाङ छन् ।
त्यस्तै सदस्यहरुमा क्रमश: रिम राना मगर, चेतबहादुर कुमाल, मानेन्द्रबहादुर कुमाल, तीर्थ गुरुङ, सुरज गुरुङ, तेजबहादुर गुरुङ, कुमार तामाङ, सुजन गुरुङ, अञ्जना तामाङ, चिनमाया तामाङ, सम्राट गुरुङ, अमृता थापा मगर र भोज विवश खण्डलुक मगर चयन भएको महासंघले जनाएको छ ।

