adv
adv

खुवालुङ संरक्षणको पक्षमा जसपा नेपाल


दमक, २४ फागुन । 
जनता समाजवादी पार्टी नेपाल खुवालुङ संरक्षणको पक्षमा उभिएको छ ।

खुवालुङ बचाउ अभियानमा ऐक्यवद्धता जनाउँदै जसपाले संरक्षण र सम्बर्द्धनको माग समेत गरेको हो ।

सोमबार विज्ञप्ति जारी गर्दै जसपा नेपाल प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले किराती मुन्धुम र सभ्यतासँग जोडिएको खुवालुङ भत्काउन नदिने जिकिर गरेका छन् ।

खुवालुङ संरक्षणमा मातहतको पार्टी पंक्तिलाई लाग्न निर्देशन दिँदै विग्यप्तिमा खुवालुङ भत्काउने राज्यको कदमलाई प्रतिवाद गरिने उल्लेख छ ।
बिज्ञप्तिमा खुवालुङ भत्काउने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति किराती समुदायलाई समाप्त पार्ने षड्यन्त्र हो भन्दै जसपाले सो अभियक्तिको निन्दा र भर्त्सना गरेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु