adv

अपाङ्गमैत्री छात्रा शौचालय हस्तान्तरण

बिर्तामोड । झापाको बिर्तामोड-३ बिर्ताबजारमा रहेको महेन्द्ररत्न माविमा निर्माण गरिएको अपाङ्गमैत्री छात्रा शौचालय हस्तान्तरण गरिएको छ ।

सोमबार १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि उक्त अपाङ्गमैत्री छात्रा शौचालय विद्यालय परिवारलाई हस्तान्तरण गरिएको हो ।

करिब दश लाख रुपैंयामा निर्मित उक्त शौचालय निर्माणका लागि महालक्ष्मी विकास बैंक लिमिटेड बितामोड शाखा कार्यालयले दुई लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । वैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गमैत्री छात्रा शौचालय निर्माणका लागि उक्त रकम  सहयोग गरिएको महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयका शाखा प्रमुख विजय कार्कीले बताए ।

महेन्द्ररत्न माविमा निर्माण गरिएको अपाङ्गमैत्री छात्रा शौचालय निर्माणका लागि रोटरी क्लव अफ बिर्तामोड , महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालय , रोटरी डिष्ट्रिक ३२९२ , रोट्रयाक क्लव अफ बिर्तामोड, महेन्द्ररत्न माविले आर्थिक सहयोग गरेको थियो भने नयाँ श्रीनाथ गण चारआलीले जनश्रमदान गरेको थियो ।


रोटरी क्लव अफ बिर्तामोडका प्रेसिडेन्ट निर्मल भट्टराईको अध्यक्षता तथा रोटरी डिष्ट्रिक ३२९२ गर्भनर इलेक्ट सन्तोष रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पास्ट प्रेसिडेन्ट विनोद वस्नेतले औचित्यमाथी प्रकाश पार्दै स्वागत गरेका थिए ।  कार्यक्रमको सञ्चालन रोटरी क्लव अफ बिर्तामोडका सेक्रेटरी सञ्जीव घिमिरेले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु